माधव नेपाललाई लक्षित गर्दै 'सिनाे बाेकेर हिँड्न नसकिने' बताएकी रामकुमारी झाँक्रीलाई समाजवादीले सोध्यो स्पष्टीकरण

Jul 02, 2025 02:32 PM Merolagani



नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो ।

त्यस क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।