सो अन्तरालमा बजार झण्डै १०० अंकको वृद्धि भएको छ । विस्तारै करोबार रकम पनि बढ्न थालेको छ । ५ देखि ६ अर्बको हाराहारीमा खुम्चिएको करोबार रकम बुधबार ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
नेप्सेमा हुने उतार चढाव सामान्य हो । तर बजार सूचक निरन्तर रुपमा सकारात्मक गतिमा रहनु र कारोबारमा रहेका सबै समूह प्रति लगानीकर्ता आकषर्ण रहनुले बजारले बलियो आधार तयार गर्दै गरेको लगानीकर्ताहरुको बुझाई छ । साथै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने मिति नजिक आउँदै गर्दा लगानीकर्ताहरुको आत्मविश्वास बढेको पाइन्छ । कहिले बढ्न नसकेको बैंक तथा वित्तीय संस्थाका शेयरमा पनि निरन्तर रुपमा आकषर्ण बढनुले पनि लगानीकर्ताहरु मौद्रिक नीति प्रति आशावादी भएको बुझाई लगानीकर्ताहरुको छ ।
विशेष गरी यो अवधिलाई सिजनको रुपमा पनि लिने गरिन्छ । बनेका नीति कार्यान्वयन हुने र सूचीकृत कम्पनीले लाभांश घोषणा गर्न सुरु गर्ने दिन नजिकिदै छन् । अहिले लगानी गर्नेले छोटो समयमै लाभांश हात पार्न सक्ने सम्भावना छ । चालु आर्थिक वर्षको असार मसान्त सकिएसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्ने छन् । सो आधारमा पनि नयाँ रणनीति बनाएर लगानी गर्ने योजनामा लगानीकर्ताहरु रहेको पाइन्छ ।