अर्थमन्त्री विष्णु पौडेलले मुलुकलाई ग्रे लिष्टबाट बाहिर झिक्न विलासिता कर लगाउनुपरेको अभिव्यक्ति पछि सुन व्यवसायी शाक्यले उक्त प्रतिक्रिया दिए ।
उनले ग्रे लिस्टबाट बाहिर ल्याउन विलासिता कर लगाउने कुरा तार्किक नभएको बताए । उनले कसरी र के कारणले सुनमा कर लगाएको हो र ग्रे लिस्टबाट बाहिर ल्याउन कर लगाउनुको कारण अर्थमन्त्रीलाई नै सोध्नुपर्ने बताए ।
‘अर्थमन्त्रीज्यूले सुनमा विलासिता कर मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन लगाएको हो भन्नुभएको छ, उनले भने, ‘त्यसमा कुनै लजिक छैन् । त्यो कुरा उहाँलाई नै सोध्नुपर्छ ।’
विलासिता कर लगाउँदा आम उपभोक्तामाथि आर्थिक भार थपिने र सुनको तस्करी समेत बढ्ने शाक्यको भनाइ छ । उनले तत्काल सरकारले ल्याएको विलासिता कर खारेज गर्नुपर्ने माग गरे ।
विलासित कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरु यतिबेला सडक आन्दोलनमा समेत छन् ।