प्रचण्डकाे खुलासा-'नयाँ स्टक एक्चेन्जको लाइसेन्समा निक्कै ठूलो चलखेल भइरहेको छ’

Jul 14, 2025 03:43 PM Merolagani



नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जकाे लाइसेन्समा अर्बौंको भ्रष्टाचारकाे खेल भइरहेकाे खुलासा गरेका छन् । प्रतिनिधि सभाकाे सोमबार बैंठकमा  प्रमुख प्रतिपक्ष दलका नेताका नेताकाे हैसियतले बाेल्दै उनले यस्ताे बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, “अहिले फेरि नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भैरहेको छ । के अहिलेको सरकार लाइसेन्स लिन तयार रहेका कम्पनीहरुको प्रकृया रोकेर भ्रष्टाचार रोक्न तयार छ ? सम्माननिय सभामुख महोदय यो प्रश्न निकै गम्भिर छ । र म यो सम्मानित सदन समक्ष अहिलेको प्रकृया रोकेर भ्रष्टाचार रोकेर नयाँ लाइसेन्स वितरणको प्रकृया अघि बढाउन आग्रह गर्छु ।”




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।