लक्ष्य निर्धारणमा नवीकरणीय र म्यादी जीवन बीमा शुल्कलाई अनिवार्य समावेश गर्न वीमा प्राधिकरणकाे निर्देशन

Jul 14, 2025 03:56 PM merolagani



नेपाल बीमा प्राधिकरणले जीवन बीमकको व्यावसायिक लक्ष्य निर्धारणमा नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत  समेट्न निर्देशन दिएकाे छ ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयलाई व्यावसायिक लक्ष्य  निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको हो।

प्राधिकरणलेसबै जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखारशाखारप्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्ने निर्देशन दिइएको छ।’

बीमकहरुले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासा आउने गरेको प्राधिकरणले परिपत्रमा उल्लेख छ। ‘बीमकहरू ठूलो रकमको बीमाशुल्क संककलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुनेलगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवम् भरपर्दो बीमा सेवा प्रवाहमा चुनौति थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो’, प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीबाट जारी परिपत्रमा उल्लेख छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।