विद्युत् प्राधिकरण भन्छ, ‘हाल ६०० मेगावाट विद्युत् निर्यात भइरहेको छ आयात गर्नुपरेको छैन्’

Jul 14, 2025 05:22 PM merolagani



नेपाल विद्युत् प्राधिकरणले हाल करिब ६०० मेगावाट विद्युत् निर्यात भएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले बर्खायामको समय भएकाले अहिले ६०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए ।

उनका अनुसार, हाल भारतबाट विद्युत् आयात गर्नु परेको छैन् । यद्यपी, बाढीका कारण साढे २ सय मेगावाट विद्युत् भने प्रणाली बाहिर नै रहेको उनको भनाइ छ । ‘अहिले करिब ६०० मेगावाटकै हाराहारीमा निर्यात भइरहेको छ, आयात चाहिँ गर्नुपरेको छैन्,’ उनले भने ।

रसुवा र त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त विद्युत् आयोजना पुनः सञ्चालन र पुननिर्माणको कार्यपछि विद्युत् उत्पादन थप हुने उनको भनाइ छ ।

उनका अनुसार, बाढीले क्षति पुर्याएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आउन समय लाग्ने देखिन्छ । बाढीले हेडवक्र्स पुरेको २४ मेगावाटको त्रिशुली ३ ए, सबस्टेशन र देवीघाट जलविदुत् आयोजनाको पुननिर्माण एक हप्ताभित्र सम्पन्न हुने उनको भनाइ छ । बाढीले बालुवा र माटो पसेकाले निकाल्न समय लागेको उनले बताए ।

एक हप्ताभित्र ती आयोजना पुनः सञ्चालनमा ल्याउने उनले बताए ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।