धितोपत्र ब्रोकर कम्पनीले चुक्ता पूँजी पुर्‍याउनु पर्ने समय ९ महिना थपियो

Jul 14, 2025 05:13 PM merolagani



धितोपत्र ब्रोकर कम्पनीले चुक्ता पूँजी पुर्‍याउनु पर्ने समय थप भएको छ। धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पुँजी पुर्‍याउने समय बढाइएको हो।

अब ब्रोकर कम्पनीले आउने चैत मसान्तसम्म चुक्ता पूँजी कायम गर्ने समय पाएका छन्। यसअघि असार मसान्तसम्मको समय सीमा मात्रै रहेको थियो। असार समाप्त हुनै लाग्दा सरकारले सोमबार उक्त नियमावली संशोधन स्वीकृत  गरेको हो।

बोर्डका अनुसार अब २३ वटा ब्रोकर कम्पनीले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍या सकेका थिएनन्। अब उनीहरूलाई संशोधित नियमावलीले राहत दिने भएको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।