बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहने गरी कार्यदल बनाइएकाे थियाे ।
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नर पौडेलसमक्ष यही असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकोमा साेमबार अन्तिम प्रतिवेदन बुझाएको हाे ।