किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा किओचको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पतालको निर्माण कार्य अन्तिम चरणमा छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु भएको छ । बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च कार्य आरम्भ भइसकेको छ । डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको हो । यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने कम्पनीका संचालक कमलेश कुमार अग्रवालले बताए ।
यस किसिमको परियोजनाले राज्यले लिएको नीतिलाई समेत सघाउ पुग्ने विश्वास गरिएको छ । आगामी दिनमा पनि निजी स्तरबाट नै यस किसिमको परियोजनाहरूको सफल कार्यान्वयन गर्न सकिएको खण्डमा नेपालका दूरदराजका आम नागरिकहरु उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने अग्रवालको विश्वास छ ।
नेपालमा बाल स्वास्थ्यमा रूपान्तरण ल्याउनका निम्ति सुरुवात गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानी लगायत सातैवटा प्रदेशमा सुविधायुक्त अस्पताल निर्माणार्थ आगामी दिनमा सहयोग र्गा पराजुली प्रतिबद्ध छन । न्यून आर्थिक अवस्था भएका बालबालिकाले विशिष्टिकृत अस्पतालमा विशिष्टीकृत चिकित्सकहरूबाट उपचार प्राप्त गर्नेमा उनी विश्वस्त रहेको बताए ।

बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी किओचको स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान कोइरालाले बताए । नेपाल लाइफ ठूलो ब्रान्डसँग सहकार्य गर्न पाउँदा किओचको गरिमा बढेको र काम गर्न थप हौसला प्राप्त भएको बताए ।
यस परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल स्थापना भई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु भईसकेको छ ।