संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यामिक विद्यालयलाई कम्प्युटर सहयोग

Jul 15, 2025 02:53 PM Merolagani



माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाडौं महानगरपालिका–७, कुमारीगाल स्थित सर्बोत्कृष्ट श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग स्वरुप आज असार ३१ गतेहस्तान्तरण गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपाललाई सामग्री हस्तान्तरण गरियो ।

विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयलाई छनोट गरी प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै उक्त सहयोगले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।साथै, सामुदायिक शैक्षिक अवस्था प्रवर्द्धन गर्ने यस्ता पहलहरुलाई निरन्तरता दिँदै जाओस् भन्ने अपेक्षा व्यक्त गरे ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न संघ–संस्थाहरुलाई निरन्तर सहयोग गर्दै सामाजिक उत्तर दायित्व वहन गर्दै आइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रीप्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।