अब बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा चढन पाइने

Jul 15, 2025 05:03 PM merolagani



आगामी २०८२ साउन १ गतेदेखि ऐतिहासिक धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजे अर्थात १२ घण्टा सञ्चालनमा आउने भएको छ ।

अहिले बिहान १० बजेदेखि ४ बजेसम्म मात्र सर्वसाधारणका लागि खुला हुने धरहरा साउन १ गतेदेखि भने बिहान ८ बजेदेखि सञ्चालनमा ल्याउन लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीले साउन १ गतेदेखि धरहरा दुई सिफट्मा सञ्चालन गरिने बताए । सार्वजनिक विदाको दिन पर्यटक वा अन्य अवलोकनकर्ताका लागि समेत खुला हुने उनको भनाइ छ ।

ऐतिहासिक धरहरा गत २०८१ मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।