'लाभांश पुनरावलोकन गर्ने नीतिले लघुवित्तको नाफा बढाउन प्रोत्साहन गर्छ'

Jul 15, 2025 06:24 PM Merolagani



पछिल्लो समय शेयर बजारमा उत्साहा देखिएको छ । बजार बढ्ने अनि केही करेक्सन हुँदै सन्तुलनलाई कायम गर्दै बजार बढ्न सुरु गरेको हो ।

मंगलबारको बजार ३४ अंकले बढेर २७६०.१७ विन्दुमा पुगेको छ । यस दिन ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल राष्ट्र बैंकले लचक नीति लिएसँगै बजारमा उत्साहा थपिएको हो । जसले गर्दा केन्द्रीय बैंकको नियमन अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढ्दो छ ।

निरन्तर लामो समयदेखि विविध कारणले सुस्ताएको लघुवित्त सेक्टरमा पनि लगानीकर्ताको ध्यान परेको छ । मौद्रिक नीतिले १५ प्रतिशतको लाभांश पुनरावलोकन गर्ने नीतिले लगानीकर्ताहरु झनै हौसिएका हुन् । ऋणीहरुले ऋण नतिर्ने आन्दोलन गरेसँगै लघुवित्त क्षेत्रको कर्जा असुलीमा समस्या भएको थियो । विगतमा जस्तो आन्दोलन भएको छैन् । लगेको कर्जा तिर्नु पर्छ भन्ने सचेतना आएको हुँदा लघुवित्तको अवस्था सुधारात्मक भएको नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले बताए ।

मौद्रिक नीति लघुवित्तले खेप्दै आएको समस्या समाधानमा मौन रहेको छ । कर्जामा असुलीमा समस्या भएको लघुवित्तमा पुनसंरचनाको नीति राष्ट्र बैंकले दिएको छैन । यो लघुवित्तहरुले विगत देखिनै माग गर्दै आएका थिए । तर विगतको भन्दा लचक नीति आएको छ । यसले आर्थिक गतिविधि चलायमान हुने विश्वास गरिएको छ । अर्थतन्त्र चलायमान भए लघुवित्तको समस्या पनि विस्तारै समाधान हुनेमा लम्साल आशावादी रहेका छन् ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।