अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.७५ अंक बढेर २८७८.३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९७ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ९३ स्टकको २५४ पटककाे काराेबारमा ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ ९० पैसाबराबरको १ लाख ६८ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६१ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।