बाढी र पहिरोका कारण ६ राजमार्ग अवरुद्ध, कहाँ-कहाँ छ अवराेध ?

Jul 21, 2025 11:53 AM merolagani



पछिल्लो समय देशभर मनसुन सक्रिय हुँदै गएपछि बाढी र पहिरोका कारण देशभरका ६ वटा राजमार्ग अवरुद्ध हुन पुगेका छन् । 

नेपाल प्रहरीका अनुसार, साउन ५ गतेसम्म कोशी राजमार्गको भोटेखोला गाउँपालिका ५ बरुण भन्ने स्थानमा बाढीले त्यहाँको सडक अवरुद्ध बनाएको छ ।

त्यस्तै,मेची राजमार्गअन्तरगत फिदिम नगरपालिका ४ र ७ को संगमस्थल हेवाखोला, तमोर कर्णाली सडकखण्डअन्तरगत पाँचथरको तुम्बेवा गाउँपालिका २, कालीगण्डकी करिडोरअन्तरगत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ३ स्थित तरङखोला, सहिद राजमार्गअन्तरगत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ स्थित रिजिगार भन्ने स्थानमा बाढीका कारण सडक खण्ड अवरुद्ध हुन पुगेको छ ।

त्यस सडकखण्डमा यातायात सेवा ठप्प छ । दुइतर्फी नै सवारी आवागमन हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, हालसम्म ४ वटा राजमार्गहरु भने एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।