शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न

Jul 25, 2025 08:53 AM Merolagani



शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (SHINE) ले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रहरु साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड सम्पन्न भएको छ।

उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो। जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ। कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो। उक्त निष्काशनमा विभिन्न संघ, संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको थियो।

हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरुद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ, जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ।

यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पूँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरुलाई अझ प्रभावकारी, भरपर्दा र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहो¥याएको छ।

उक्त ऋणपत्रको निष्काशन कार्य सम्पन्न भैसकेको सन्दर्भमा सो प्रकृयामा सहयोग पु¥याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँट कार्यक्रम सम्पन्न भएको थियो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।