इन्फिनिटी लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Jul 27, 2025 10:34 AM Merolagani



इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले गत आर्थिक वर्षको चौगथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.७१ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ४९.६७ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७०.७७ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ।

४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




अब लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने, बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था गरिदै

Jul 23, 2025 02:37 PM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएसमा बैंक खाता लिङ्क गराउने भएको छ। बैंक खाता र टिएमएस लिङ्क भएपछि लगानीकर्ताको खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था धितोपत्र बोर्डले गर्न लागेको हाे।