पछिल्लो ८ कारोबार दिनमा नेप्से परिसूचक २५६.८९ अंक बढेको छ। सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। यस दिन नेप्सेले ३००० देखि ३०५० को प्रतिरोध परीक्षण पनि गरेको छ। सोपश्चात नै यस दिन नेप्सेमा करेक्सन भएको हो।
आइतबार नेप्से परिसूचक १८.४४ अंक घटेर २९६४.२० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने उच्च बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब साढे १८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ पटकको कारोबारमा २ लाख २ हजार ८०४ पटकको कारोबारमा २६ अर्ब ४२ करोड १८ लाख ९६ हजार रुपैयाँबराबरको ५ करोड ८३ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ८९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम ८५ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको हो। त्यस्तै, यस दिन विकास बैंक र उत्पादन तथा प्रशाेधन उपसमूहको परिसूचक १ प्रतिशतभन्द बढी बढेको छ। कारोबारमा आएका वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्द बढी घटेको छ।