सातामा करिब ४ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 26, 2025 06:04 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेर बन्द भएको छ। गत साता २८७०.६३ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.९० प्रतिशत अर्थात ११२.०१ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १६.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४७ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ११ अर्ब ९३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १९ अर्ब १९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ६०.८८ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ३२.५८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ६६.१३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ८३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ९३ अर्ब रुपैयाँ बढेर ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक १०.१९ प्रतिशत बढेको छ। गत साता २४७२.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५१.९१ अंक बढेर २७२४.६० विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६९४.९८ अंक बढेको छ। गत साता १३ हजार ६९३.६३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता ५.०८ प्रतिशत बढेर १४ हजार ३८८.६१ विन्दुमा पुगेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम बढेको छ। गत साता १५४३.३३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.३० प्रतिशत अर्थात ४.६३ अंक बढेर १५४७.९६ विन्दुमा पुगेको छ।

नेप्सेमा यस साता ६ लाख १० हजार ९९५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता कालिका पावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता ट्रेड टावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ६०.९६ प्रतिशत बढेको छ। गत साता ४०२ रुपैयाँ ७० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ६४८ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै, यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ३४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक १५.५० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सान्भि इनर्जी लिमिटेड, ट्रेड टावर लिमिटेड, सनराइज ब्लु चिप फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नाडेप लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर, विशाल बजार कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।