बिहीबारको बजार ३१ अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ । यस दिन कारोबार रकममा समेत संकुचन भएको हो । आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ ।
निरन्तर बढेको बजारमा आम लगानीकर्ता हौसिएका थिए । बजारले निरन्तरको वृद्धि सहित तीन हजार माथिको विन्दु पुगेको थियो । सो विन्दुमा बजार टिक्न नसकी करेक्सन भयो । यसलाई केही लगानीकर्ताले सामान्य करेक्सनको रुपमा लिएका छन् । केही लगानीकर्ताहरु भएको नाफा सुरक्षित गरेर पुनः करेक्सन भएको मूल्यमा शेयर खरिद गर्नका लागि पर्खेको बुझाई छ ।
समग्रमा बजार सकारात्मक छ । बजारमा सानो तिनो करेक्सनमा अतालिन नहुने जानकारहरुको बुझाई छ । जोखिम पूर्ण लगानी क्षेत्रमा लगानी गर्दा लगानीकर्ताले बजारमा आएका हल्लालाई नकार्दै विश्वासिलो स्टकको खरिद गर्नु पर्नेमा लगानीकर्ताहरुको जोड छ । शेयर बजार बुलमा प्रवेश गरिसकेको छ । अब बजारले नयाँ उचाइ बनाउँदै बढ्नेमा धेरै लगानीकर्ताहरु आशावादी भएको पाइन्छ । बजार ५ हजारको विन्दुमा पुगेपछि मात्रै बजारले विगतको ३२ सयको साँवा आउने लगानीकर्ता अच्युत सिग्देलको भनाइ छ ।
बाँकी शेयर गफमाः