सामसङ नेपालले ल्यायो ग्यालेक्सी वाच८ स्मार्टवाच, कति पर्छ मूल्य ?

Jul 31, 2025 05:25 PM merolagani



सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ।

यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई विशेष ध्यान दिँदै उक्त सिरिजन सार्वजकि गरेको हो ।

दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ। ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसरसहित जडित छ।

अब जेमिनी एआईको सहायताले तपाईले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सक्नुहुन्छ। सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ। ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्य केन्द्रित बनाएको कम्पनीको दाबी छ

ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत बजारमा सार्वजनिक भएको कम्पनीले जनाएको छ । पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ। यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ।

हाल सार्वजनिक भएको ग्यालेक्सी वाच८ क्लासिक सिरिजको मूल्य ७४,९९९ ग्यालेक्सी वाच८ ४० एमएमको मूल्य ५४ हजार ९९९ रुपैयाँ र ४४ एमएमको मूल्य ५९ हजार ९९९ रुपैयाँ पर्नेछ ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।