नेपाली बजारमा सार्वजनिक भयो एमजी आईएम६ इभी गाडी, यस्ता छन् विशेषताहरु

Aug 02, 2025 11:13 AM merolagani



नेपाली बजारमा पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी एमजी आईएम६ सार्वजनिक भएको छ । प्यारामाउन्ट मोटर्सद्वारा एमजी आईएम६ को बिक्री समेत सुरु भइसकेको छ ।

 

उच्च प्रदर्शनयुक्त इभी प्रविधि, अत्याधुनिक एआई, र लक्जरी डिजाइनको समिश्रण बनेको एमजी आइएम ६ को एमजी शोरूमहरूमा बुकिङ्ग खुल्ला भइसकेको कम्पनीले जनाएको छ ।

गत साउन १५ गते काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको एमजी आईएम ६ ले एआई इन्टेलिजेन्स संचालित इभीको नयाँ युगको संकेत गरेको कम्पनीको दाबी छ ।

अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवसहितको आईएम ६ ले नेपालको इभी बजारमा नयाँ उचाइ लिने कम्पनीको विश्वास छ । एमजी आईएम ६ अब सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङ्गका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

एमजी आईएम ६ का मूख्य विशेषताहरूमा गाडीको भित्र र बाहिर लक्जरी डिजाइनले सुसज्जित छ । त्यस्तै, आईएम डिजिटल च्यासिस, उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित भएकाले गाडीको मोसन कन्ट्रोल प्रणालीले सवारीलाई समयानुकूल बनाउँछ।