गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २८ करोड ५० लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३७.८५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ६ करोड ५१ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी नाफामा पुगेको छ। अघिल्लो आर्थिक वर्ष ५१ लाख ६० हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्ष ३२ लाख १ हजार रुपैयाँ नाफामा पुगेको छ।
गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३७ पैसा रहेको छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने २ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।