छ्याङ्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो

Aug 14, 2025 04:44 AM Merolagani



छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड ९७ लाख रुपैयाँबाट बढेर १४ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ८ करोड ३ लाख रुपैयाँबाट बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने १० करोड ३६ लाख रुपैयाँबाट घटेर ९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५१ रुपैयाँ ४२ पैसा रहेको छ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।