विद्युत बिक्रीमार्फत सानिमा मिडिल तमोरले कमायो करिब २ अर्ब रुपैयाँ, नाफा कति?

Aug 14, 2025 04:33 AM Merolagani



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा करिब २ अर्ब विद्युत बिक्री आम्दानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५९.८० प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ३५ करोड २४ लाख रुपैयाँ मात्र थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ६ पैसाबाट बढेर १२ रुपैयाँ १७ पैसा पुगेको छ।

३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४२.५२ गुणा रहेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।