मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो घटना मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र ‘आतंकवादलाई समर्थन गर्ने’ सँग सम्बन्धित छन्। यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो। जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीमाथि पनि कडाइ गरिएको छ।
यद्यपि विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन। ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने केही विद्यार्थीमाथि पनि कारबाही गरेको छ।
‘६ हजारमध्ये ४ हजार भिसा कानुन तोडेको आरोपमा रद्द गरिएको छ। यसबाहेक आईएनए ३ बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा २०० देखि ३०० भिसा रद्द गरिएको छ,’बीबीसीसँग विदेश मन्त्रालयले भन्यो ।