सुन र चाँदीको मूल्य स्थिर

Sep 04, 2025 10:37 AM Merolagani



भदौ १९ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ। पछिल्ला कही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, यस दिन भने स्थिर भएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदी पनि बुधबार कायम मूल्यमा नै कारोबार भइरहेको छ। अर्थात यस दिन चाँदी तोलाको २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार चाँदी तोलाको २ हजार ४८५ रुपैयाँमा कारोबार भएर रेकर्ड कायम गरेको थियो।