यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ७.८५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.०४ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ९.२२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २६.३६ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ४७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब रुपैयाँ घटेर ४५ खर्ब ४७ अर्ब ४६ खर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत घटेको छ। गत साता ३५६०.२१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११६.९५ अंक घटेर ३४४३.२६ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २९३.१२ अंक घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.१५ प्रतिशत घटेको छ।

नेप्सेमा यस साता कुल २ करोड २२ लाख ९३ हजार ७४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता दोर्दी खोला जलविद्युत कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर, हिमालयन बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ र ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यस साता नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक २०.६५ प्रतिशत बढेको छ। गत साता ८ रुपैयाँ ९६ पैसा रहेको यस फण्डको अन्तिम मूल्य, यस साता १० रुपैयाँ ८१ पैसा रहेको छ। यस साता पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक १७.७९ प्रतिशत घटेको छ। त्यस्तै, यस साता नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य साढे १४ प्रतिशत घटेको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८, सिटि होटल, प्रभु सेलेक्ट फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सिक्लेस हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

