आइतबार नेप्से परिसूचक ११.५२ अंक घटेर २७०८.२५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब १४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको ५८ हजार ८७ पटकको कारोबारमा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड ११ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत अर्थात ३५ रुपैयाँ ५० पैसा बढेर ३९१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य ५.८३ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ५.१२ प्रतिशत बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.६२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको कारोबार रकम २२ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्इ बढेको हो। जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.६८ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको ०.६५ प्रतिशत घटेको छ।