निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो

Sep 08, 2025 10:40 AM Merolagani



भदौ २३ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। पछिल्ला दिनहरुमा निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य, यस दिन घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबारको तुलनामा यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो। आइतबारको बजारमा यस्तो सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।