नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन अर्थात सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी तोलाको २ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।
