नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्यमा पुगेर स्थिर भएको हो। गत सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलाको २ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो।
