नासा सेक्युरिटिजले दरबारमार्ग प्रहरी कार्यालयलाई उपलब्ध गरायो कम्प्यूटर, प्रिन्टरलगायतका सामाग्री

Sep 16, 2025 11:51 AM Merolagani



नासा सेक्युरिटिजले आफ्ना व्यवसायिक गतिविधिहरूसँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै कम्प्यूटर, प्रिन्टर तथा स्क्यानर, अफिस टेबल र कुर्सी प्रदान गर्ने भएको छ।

 

हालैको जेनजी आन्दोलनका क्रममा भएको आगलागीले नेपाल प्रहरी दरबारमार्ग शाखाको सम्पूर्ण कार्यालय सामग्री जलेर नष्ट भएको थियो। जसका कारण दैनिक प्रशासनिक कार्य प्रभावित भइरहेको छ।

समुदायप्रति आफ्नो प्रतिवद्धता देखाउँदै “We Stand Together” भन्ने मूल नारासहित नासा सेक्युरिटिजले दरबारमार्ग प्रहरी कार्यालयलाई ३ वटा कम्प्यूटर, ३ वटा प्रिन्टर तथा स्क्यानर, ३ वटा अफिस टेबल र ३ वटा कुर्सी सहयोगस्वरूप प्रदान गरेको छ।

यी सामग्रीहरूले नयाँ मुद्दा दर्ता गर्नेदेखि दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न ठूलो सहयोग पुर्‍याउने कम्पनीले विश्वास लिएको छ।

नासा सेक्युरिटिजले यस अघि नै नेपालमा खेलकुदको प्रवर्द्धन होस् भन्ने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजकको रूपमा सहयोग गरिसकेको छ।

नासा सेक्युरिटिजले सामाजिक उत्तरदायित्वमा निरन्तर अग्रसर रहँदै समुदाय, खेलकुद, सार्वजनिक सेवा र सुरक्षासँग जोडिएका कार्यहरूमा भविष्यमा पनि सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको छ।

 



यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।