बिहीबारबाट शेयर बजार खुल्ने

Sep 16, 2025 06:04 PM Merolagani



शेयर कारोबार बिहीबारदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार दिएको निर्देशन बमोजिम नेप्सेले कारोबार खुल्ने सूचना निकालेको हो।

भदौ २३ गतेको जेनजी आन्दोलनका कारण १९ जना प्रदर्शनकारीको मृत्युभएपछि हुलदंगा चर्किएसँगै भदौ २४ देखि सेयर कारोबार बन्द थियो । भदौ २४ गते कर्फ्यू बीच पनि ठूलो आन्दोलन भएपछि असोज २ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएको थियो । तर गत आइतबारदेखि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै शेयर कारोबार खुलाउन दबाब परेको थियो । नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने गृहकार्य गरेको भए पनि जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेपछि सेबोनले असोज २ गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको हो ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।