बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM mero lagani



गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।

अन्य नेताहरुको घर जले पनि भौतिक रुपमा आक्रमणमा परेनन् । तर, देउवा र राणाको बुढानिलकण्ठको महल आक्रमणकारीले ध्वस्त त बनाए नै, उनीहरु दुवैमाथि भौतिकरुपमै आक्रमणसमेत गरियो । दुवैजनालाई रक्ताम्मे अवस्थामा सेनाको हेलिकप्टरले उद्धार गरेर अस्पताल लग्यो ।

उनीहरु दुवै जना अहिले पनि अस्पतालमा उपचारार्थ रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइए पनि उनीहरु कुन अस्पतालमा, कुन अवस्थामा छन् भन्ने सार्वजनिक हुन सकेको छैन ।

जेनजी आन्दोलनको मुख्य निसानामा देउवा दम्पत्तीसहित उनीहरुका छोरा जयविर सिंह देउवा पनि थिए । आन्दोलनकारीहरुले जयविरको तस्विरसहित नेताहरु र नेताका सन्तानको भ्रष्ट जीवनशैली माथि आक्रोस व्यक्त गरिरहेका थिए ।

तर, आफ्नो घर जलेर ध्वस्त हुँदा र बाबु आमामाथि भौतिक रुपमा आक्रमण हुँदा समेत जयविर र उनकी पत्नी शिवाना श्रेष्ठ कहाँ छन् भन्ने बारेमा चर्चा नै भएको छैन, अहिले पनि भएको छैन । स्रोतका अनुसार गत वर्ष विवाह गरेका जयविर र शिवाना अघिल्लो महिना नै युरोप भ्रमणमा गएका थिए । उनीहरुको भ्रमणको उद्देश्य ‘हनिमुन ट्रिप’ कै निरन्तरता हो वा अरु केही त्यो खुल्न नसके पनि जेनजी आन्दोलनको बेला उनीहरु फ्रान्समा रहेको र अहिले वेल्जियममा रहेको बताइएको छ ।

यसैपनि भरसक गोप्य तरिकाले विदेश भ्रमण गर्ने उनीहरु दुवै जना जेनजी आन्दोलनपछि भूमिगत नेताकै शैलीमा रहेको बताइएको छ ।

 

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।