हायात होटेलले सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरेपछि कम्पनीको शेयरमा नेगेटिभ सर्किट

Oct 26, 2025 01:38 PM merolagani



आइतबार खुलेको शेयर बजारमा हायत होटेलको शेयर नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर आइतबार यो समाचार तयार पार्दासम्म ९.६७ प्रतिशतले घटेर कम्पनीको प्रति शेयर मूल्य ७१९ रुपैयाँ कायम भएको छ। 

आइतबार मात्रै कम्पनीको प्रति कित्ता मूल्य ७७ रुपैयाँले घटेको छ। दोस्रो बजारमा कम्पनीको शेयर (trh)सिम्बोल मार्फत कारोबार हुने गरेको छ। गत कात्तिक २ गते हायात होटेलले एक विज्ञप्ति जारी गर्दै होटेल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेको बताएको थियो। उसले सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरेको थियो।

गत भदौ २४ गतेको प्रदर्शनमा तोडफोड भएकाले सेवा बन्द गर्नुपरेको विज्ञप्तिमा भनिएको थियो। ‘भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनको क्रममा यस होटेल समेतमा भएको तोडफोड र आगजनी क्रियाकलापले होटेल संरचनामा क्षति पुग्न गएको कारण होटेल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेकोले यसको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नुपर्ने अपरिहार्य भएको छ,’ होटेलले विज्ञप्तिमार्फत भनेको थियो, ‘होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेतलाई मध्यनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटेल नै  पूर्ण रूपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरू अर्को सूचना प्रेषित नहुँदा सम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटेल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ।’

उक्त दिन पछि होटेल बन्द छ। त्यस दिन पछि आइतबार शेयर बजार खुलेको हो। शेयर बजार खुले लगत्तै कम्पनीको शेयर मूल्य घट्न सुरु गरेको थियो।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।