पहिलो त्रैमासमाः ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात, ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात

Oct 26, 2025 02:49 PM merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ ।

 भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो । 

२०८१/८२ को पहिलो त्रैमासमा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आ.व.को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैँया बराबरको निर्यात भएको थियो ।

 

पहिलो त्रैमासमा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । 
समीक्षा अवधिमा झन्डै १३ प्रतिशतले ब्यापार घाटा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।

चालु आ.व.को समीक्षा अवधीमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।  निर्याततर्फ चालू आवको समीक्षा अवधीमा ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको छ 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।