ट्रेड युनियनसँग छलफल गरी होटल बन्द गर्ने निर्णय भएको भन्ने ह्यायत हाेटलकाे बिज्ञप्तिमा ट्रेड युनियनकाे आपत्ति

Oct 26, 2025 05:23 PM merolagani



पाँचतारे होटल हायात रिजेन्सी व्यवस्थापनले अनिश्चितकालका लागि होटल बन्द गर्ने निर्णयप्रति होटलका  ट्रेड युनियनहरूले आपत्ति जनाएका छन् ।

हाेटलले जारी गरेकाे सूचनामा ट्रेड युनियनसँग छलफल गरी होटल बन्द गर्ने निर्णय भएको भनिएकाेमा आपत्ति जनाउँदै उनीहरूले होटल व्यवस्थापनसँग त्यस्तो कुनै छलफल नभएको बताएका छन् ।

होटल बन्द हुँदा  ८ सयभन्दा बढी श्रमिक अलपत्र परेका छन् ।

नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक संघ, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन संघले संयुक्त विज्ञप्ति जारी गर्दै  हाेटल बन्द गरिएकाेमा राेष प्रकट गरेका छन् ।

होटल बन्द गर्ने घटनाको निष्पक्ष छानबिन गरी क्षति पुर्‍याउने पक्षमाथि आवश्यक कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायहरूसँग उनीहरूले माग गरेका छन् ।

यसैवीच प्रधानमन्त्री शुसीला कार्कीले हाेटल बन्द भएकाेमा चासाे लिँदै समाधानका लागि अर्थमन्त्री रामेश्वर खनाललाइ निर्देशन दिएकी छिन् ।

 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।