प्रि ओपन सेसन अपडेटः २ अंक घट्यो नेप्से

Oct 28, 2025 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत आइतबार ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०८ अंक घटेर २५०६.९५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा १५ स्टकको २५ पटकको कारोबारमा १४ लाख ९७ हजार ९८ रुपैयाँबराबरको २ हजार ५०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ।