प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Oct 29, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७५ अंक घटेर २५७०.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ३६ स्टकको ५८ पटकको कारोबारमा २२ लाख ९३ हजार ७० रुपैयाँ ४० पैसाबराबरको ४ हजार १७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।