कम्पनीको शेयर हिजो अर्थात कात्तिक १७ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा उच्च मूल्यमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।