पहिलो पटक पीएलओले सुरु गर्यो इन्डष्ट्रियल इन्जिन आयल उत्पादन

Nov 06, 2025 01:31 PM merolagani



नेपालमा पहिलो पटक पीएलओ(पूर्वाञ्चल ल्युब आयल) ले इन्डष्ट्रियल इन्जिन आयल उत्पादन सुरु गरेको छ ।

नेपालको सबैभन्दा ठूलो लुब्रिकेन्ट कम्पनी पीएलओले उद्योगका लागि आवश्यक पर्ने आयल भारत र अन्य मुलुकबाट आयात गर्ने गरेकाे थियाे ।

पीएओले नेपालमै उत्पादन सुरु गर्न थालेपछि अब उद्योगहरुले पनि सहजै पाउने अवस्था बनेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनका अनुसार, पहिलो पटक सुरु गरिएको आयल अन्तराष्ट्रियस्तरको हुनेछ । त्यस्तै, कम्पनीले विद्युतीय ट्रान्सफर्मरका लागि आवश्यक पर्ने आयल पनि उत्पादन सुरु गरेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।