
बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा निकायले पनि सहयोग गर्दै सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच बढाएको छ । निर्वाचनको समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदान प्रक्रियालाई सुरक्षित बनाउन दुवै देशका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा उच्च सतर्कताका साथ खटिएका छन् ।
नेपालतर्फ सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रूपमा गस्ती र जाँचलाई तिब्र पारेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले निर्वाचन अवधिभर सीमा क्षेत्रमा शंकास्पद गतिविधि रोक्न चेकजाँच र निगरानीलाई अझ कडा बनाइएको बताए।
सीमा बन्द हुँदा दुवैतर्फका सवारीसाधन, पैदल यात्री, स्थानीय व्यापारी तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरूलाई असहज भएको छ । जटही नाका दैनिक रूपमा नेपाल–भारतबीचको व्यापार, आवागमन र आपूर्ति श्रृंखलाको महत्वपूर्ण मार्ग हो । बन्दका कारण दुवैतर्फ सयौं सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् भने तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तुको ढुवानी पनि प्रभावित भएको छ ।