पहिलो त्रैमासमा जीवन बीमा कम्पनीले उठाए सवा ४९ अर्ब बीमा शुल्क, सबैभन्दा धेरै नेपाल लाइफको

Nov 06, 2025 02:16 PM MeroLagani



आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्म जीवन बीमा कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमालेख बिक्री गर्दै जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको छ । तथ्यांक अनुसार कम्पनी एक्लैले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। नेपाल लाइफ कुल बीमा शुल्क संकलनमा मात्रै होइन, कुल सक्रिय बीमा लेख संख्या बाहेक प्रथम बीमा शुल्क र नवीकरण बीमा शुल्क संकलनमा पनि अगाडि देखिएको छ । कम्पनीले प्रथम बीमा शुल्कबापत् २ अर्ब ७० करोड रुपैयाँ तथा नवीकरण बीमा शुल्कबापत् १० अर्ब ७४ करोड रुपैयाँ संकलन गरेकाे छ । कम्पनीको सक्रिय बीमा लेख १६ लाख ७४ हजार ६ सय ७१ वटा रहेको छ ।

यस्तै यसै अवधिमा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको दोस्रो स्थानमा नेशनल लाइफले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। त्यस्तै, एलआइसी नेपालले ४ अर्ब ९८ करोड, राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड, हिमालयन लाइफले ४ अर्ब ४३ करोड, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड र सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको छ। त्यस्तै सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड, मेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

बीमा शुल्क थोरै संकलन भए पनि सक्रिय बीमा लेख भने रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रहेको छ । कम्पनीसँग २४ लाख ३४ हजार २८५ वटा सक्रिय बीमा लेख रहेको छ भने सबैभन्दा कम सक्रिय बीमालेख प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग २ लाख ४४ हजार ८०४ वटा मात्रै रहेको छ । सक्रिय बीमालेख संख्याका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स दोस्रोमा परेको छ । नेपाल लाइफसँग १४ लाख ७४ हजार ६८१ सक्रिय बीमा लेख हुँदा तेस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीसँग १३ लाख ५८ हजार ७९८ वटा सक्रिय बीमालेख रहेको छन्। रिलायवल नेपाल लाइफ, नेपाल लाइफ र नेसनल लाइफबाहेक अन्य सबै जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख सख्या १० लाखभन्दा मुनि नै रहेको छ ।

प्रथम बीमा शुल्क संकलनलाई नयाँ व्यवसाय भित्रिएको रुपमा पनि लिन सकिन्छ । प्रथम बीमा शुल्क संकलन गर्नेमा पनि नेपाल लाइफसँग नेसनल लाइफकै प्रतिस्पर्धा देखिएको छ । नेपाल लाइफले ३ महिनामा २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा नेसनल लाइफले १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । यता लाइफ इन्स्योरेन्स कर्पोरेसनले ६७ करोड ९४ लाख रुपैयाँ र सूर्यज्योति लाइफले ६१ करोड ३१ लाख रुपैयाँ, सिटिजन लाइफले ६ करोड ८२ लाख रुपैयाँ र हिमालयन लाइफले ५४ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एसियन लाइफ, राष्ट्रिय जीवन बीमा, सानिमा रिलायन्स, आईएमई लाइफ, रिलायवल नेपाल लाइपले ४० करोडभन्दा माथि प्रथम बीमा शुल्क संकलन गर्दा मेट लाइफ र प्रभु महालक्ष्मीले ३० करोडको हाराहारीमा र सन नेपाल लाइफको प्रथम बीमा शुल्क १९ करोड रुपैयाँ मात्रै रहेको छ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।