विहारमा चुनाव सुरु, विजेपी गठवन्धन र कांग्रेस गठवन्धनबीच तीब्र प्रतिस्पर्धा

Nov 06, 2025 02:36 PM mero lagani



आज देखि शुरु भएको भारतको बिहार राज्यको विधान सभा निर्वाचनको २ दिनअघि नै नेपाल भारत सीमाक्षेत्र बन्द गरिएको छ । 

चुनावका बेला गडबडी फैलिने सूचनापछि सुरक्षा एजेन्सीले नेपाल भारत बोर्डर हाइ अलर्टमा राखेको र ३ देखि ७ नम्बरको सीमा पूरै सील गरिएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् ।

नेपालसँग जोडिएको भारतको विहार राज्यमा विधानसभा चुनावको पहिलो चरणको मतदान भइरहेको छ । विहारका ३८ जिल्लाका २४३ विधान सभा क्षेत्रमध्ये आज १८ जिल्लाका १२१ विधानसभा सिटमा मतदान जारी छ ।

राज्यमा दोस्रो चरणको मतदानमा, २० जिल्लाका १२२ विधानसभा सिटहरूमा नोभेम्बर ११ मा मतदान हुनेछ । मतगणना नोभेम्बर १४ मा हुनेछ ।

विहारमा मतदानको दुवै चरणमा ७ करोड ४३ लाखभन्दा बढी मतदाताका लागि ९० हजार ७१२ मतदान केन्द्रहरू स्थापना गरिएको छ । दुवै चरणमा गरि १,३१४ उम्मेदवार चुनावी मैदानमा छन् ।

यसपटक पनि विहारको विधानसभा चुनावमा एनडीए र विपक्षी महागठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने मत सर्भेक्षणहरुले देखाएका छन् । तर, केही महिना अघि गठन भएको प्रशान्त किशोरको पार्टी जन सुराज (जनशक्ति जनता दल) ले पनि धेरै सिटमा चुनावी समीकरण बिगार्न सक्ने सम्भावना छ । धेरै सिटहरूमा अन्य साना दलहरू र स्वतन्त्र उम्मेदवारहरू पनि ध्यानमा हुनेछन् ।

भारतको सबैभन्दा ठूलो प्रान्तमध्येको विहार चुनावले सिंगो देशको राजनीतिक उथलपुथल समेत गर्ने भएकाले अहिले प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहु गान्धीले भारतीय सत्ता राजनीतिका हस्तिहरू विहार केन्द्रित छन् ।

विहारमा लामो समयदेखि मुख्यमन्त्री चलाइरहेका जनता दल युनाइडेटका नेता नितिशकुमार फेरि एकपटक सोही पदको प्रतिस्पर्धामा छन् । उनलाई मोदीको भारतीय जनता पार्टीसहितका राजनीतिक पार्टीहरुको साथ छ ।

टाइम्स अफ इण्डियाका अनुसार पछिल्लो मत सर्वेक्षणमा मुख्यमन्त्री पदमा पूर्व मुख्य मन्त्री लालु यादवका छोरा तथा पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव र नितिश कुमारबीच प्रतिष्पर्धा देखिएको छ। उनको पक्षमा ३३ प्रतिशत जनताले मत दिदा नितिश कुमारको पक्षमा २६ प्रतिशतको सर्वेक्षण छ ।
२ दिनअघिको मत सर्वेक्षणले बिजेपी र नितिश गठबन्धनको धेरै सीट आउने प्रक्षेपण गरिएको छ । भाजपा एक्लैले ७० देखि ८१ सीट जित्दा नितिशको पार्टीले ४१ देखि ४८ सीट जित्ने प्रक्षेपण छ ।

उता कांग्रेस, कम्युनिस्ट र लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको जनता दल युनाइडे पछिल्लो सर्वेक्षणमा केही सीट पछाडि छ । यो गठबन्धनबाट तेजश्वीको पार्टीले ७० देखि ७८ सीट र कम्युनिस्ट पार्टीका तीनवटा घटकले १२ देखि १७ सीट तथा कांग्रेस आइले पनि त्यसकै हाराहारीमा जित्ने सर्वेक्षण छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।