जेनजी आन्दोलनका क्रममा लाइसेन्स छाप्ने मेसिनमा आगजनी गरिएपछि लाइसेन्स छाप्ने काम रोकिएको थियो । शुक्रबारदेखि केन्द्रले लाइसेन्स छाप्ने काम सुरु गरेको हो ।
नयाँ सवारी लाइसेन्स छाप्ने कामको सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जगदीश खरेलले बनेपा पुगेर शुभारम्भ गरेका छन् । केन्द्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तगत पर्दछ । मन्त्री खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गरेका छन् ।
हाल करिब २८ लाख सवारी चालकहरु लाइसेन्सको पर्खाइमा छन् ।