उनले नयाँ बिजनेस बनाएर अघि बढ्न सके केही दुर्घटनामा परेजस्तो देखिएको नेपालको उद्योग, व्यवसाय सुधार हुने अवस्था रहेको बताए । उद्योग क्षेत्रको विकासमा अघि बढ्न निजी क्षेत्र निराश भएर बस्नुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे ।

गभर्नर पौडेलले मुलुकको अर्थतन्त्र अघि बढाउन कालोसूची बाधकका रूपमा देखिएको बताए । यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए ।
'नयाँ बिजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । तर, तत्काल वैधानिक गभर्मेन्ट छ । हामीहरू सबैले तपाईंहरूसँग कम्युनिकेसनमा बसिराखेका छौँ । यो अवसरलाई तपाईंहरूले पोजेटिभली लिएर यसलाई युज गर्नतिर लाग्नुहोला । इकोनोमीमा मनोबलको एकदमै ठूलो काम हुन्छ । त्यो मनोबलले हामीसँग पैसा पनि छ । हामीसँग गभर्नेन्स पनि छ । अब फेरि इलेक्टेड गभर्मेन्ट आउँछ । इन्डियाले ग्रो गरेको छ । चाइनाले ग्रो गरेको छ । हामी स्याड किन हुनुपर्यो ? हामी नेपालीहरू सारा विश्वभर छौँ । त्यो फिलिङ लिएर काम गर्नुभयो भने इकोनोमी माथि जान्छ । तपाईंहरूलाई पनि धेरै समस्या छ । आई नो अबाउट इट । तर, हामी कम्युनिकेसनमा बसौँ । त्यसकारण तपाईंहरूको मनोबल उच्च राख्नुस् । गभर्मेन्टको म्यासेज पनि त्यही हो । हामी त्यही भन्छौँ,' उनले भने ।