गत साता सामान्य घटेको नेप्से, यस साता के होला?

Nov 09, 2025 06:25 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य घटेर बन्द भएको थियो। अघिल्लो साता २६००.३८ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.१६ प्रतिशत अर्थात ४.२६ अंक घटेर २५९६.१२ विन्दुमा झरेको हो।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमा

अघिल्लो साता बढेर प्रतिरोध क्षेत्रमा पुगेको नेप्से, गत साता सोही प्रतिरोध परीक्षणमा देखिएको छ। यद्यपि, गत साता नेप्सेले सो प्रतिरोध क्षेत्रलाई भने तोड्न सकेन। हाल नेप्सेको प्रतिरोध क्षेत्र २५८० देखि २६१० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध तोडेर उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश पिन बार बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती नै बनाएको छ। यस सो साता र सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब १० करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ८३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २६.२९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। साथै, यी दुई रेखा बीचको दूरी फराकिलो हुँदै गइरहेको छ। गत साता नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्त्यतिर भने हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनामा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोन रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)