कुथेली बुखरीको विद्युत बिक्री आम्दानी घट्यो, नाफामा पनि गिरावट

Nov 16, 2025 03:29 AM Merolagani



कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले ८१ लाख ९८ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.३२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४५.४४ प्रतिशत घटेर २५ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३.७३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २९.३३ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा घटेर ७ रुपैयाँ ५९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३०.४ गुणा रहेको छ।

१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ३ लाख रुपैयाँ सञ्चित छ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।