गत साता सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Nov 23, 2025 06:48 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.५७ प्रतिशत अर्थात १४.५६ अंक बढेर २५६०.२९ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो।

प्रतिरोध परीक्षणमा

गत साता नेप्से परिसूचक प्रतिरोध परीक्षणमा रहेको छ। नेप्से केही साता अघिदेखि प्रतिरोध परीक्षणमा रहेको छ। तर, हालसम्म सो प्रतिरोध तोड्न सकेको छैन। हाल नेप्सेको प्रतिरोध क्षेत्र २५८० देखि २६४० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध तोडेर उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा गत साता नेप्सेले स्पिनिङ्ग टप जस्तो मैनबत्ती बनाएको छ। यसले गत साता लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। लगानीकर्ताहरु अहिले बजार बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेका छन्। विगत केही सातादेखि नेप्से यही क्षेत्रमा नै कारोबार भइरहेको छ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ७१ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १३.३७ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। साथै, यी दुई रेखा बीचको दूरी फराकिलो हुँदै गइरहेको छ। गत साता नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनामा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोन रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।