नेप्सेले एनआरएनको ४० प्रतिशत र शिवम् (SHIVM) काे २.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको शेयरमूल्य १ हजार ३८२ रुपैयाँ २१ पैसा कायम भएको छ भने शिवम् सिमेन्ट्सको ६०० रुपैयाँ ३९ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा एनआरएनको शेयर प्रतिकित्ता १ हजार ९३५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो भने शिवम् सिमेन्ट्सको शेयर प्रतिकित्ता ६१५ रुपेयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
एनआरएनले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
त्यस्तै, शिवम् ले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे सुरु हुनेछ।